ई-भिसा र अनलाइन भुक्तानीपछि अध्यागमन विभागले शुरु गर्यो ई-परमिट सेवा

Advertisement

काठमाडौं । अध्यागमन विभागले आजदेखि पदयात्राको लागि ई–परमिट सेवा प्रारम्भ गरेको छ । यसअघि विभागले ई–भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको थियो । 

विभागले निषेधित क्षेत्रमा पदयात्राको लागि दिंदै आएको परमिट अब अनलाइन मार्फत लिन सकिने छन् । आज तीन जनालाई लोअर डोल्पो पदयात्राको अनुमतिका लागि म्याजिकल नेपाल एजेन्सीबाट आगामी मार्च १३ देखि १९ तारिख सम्मको लागि तीन वाट परमिट अनलाइन मार्फत लिएका हुन् । 

Advertisement

विभागका निर्देशक प्रेमबहादुर दाहालका अनुसार आजबाट ट्रेकिङसँग सम्बन्धित परप्रमिट पनि अनलाइनबाट लिन सकिने भएको छ । ‘म यसको श्रेय (क्रेडिट) चाँही हाम्रो विभागका पूर्व महानिर्देशक रुद्रसिंह तामाङलाई दिन चाहान्छु । उहाँको यसमा ठूलो योगदान छ । साथै यसमा सबैको योगदानले गर्दा नै हामीले आजबाट सुरु गर्न सफल भयौं,’ उनले भने ।हामी चाँही डिजिटल वर्ल्डमा पस्न खोज्दैछु । हाम्रो पाइला चल्र्दैछ,त्यस कारणले यो खुशीको कुरा हो । भोलिको दिनमा नेपालका सबै कार्यालय तिर पनि यो खालको सेवा भयो भने जनतालाई सहज हुने छ । पछि सम्म नै यसरी जाओस्–उनले बताए । 

त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले यसको कार्यान्वयनको लागि पटक पटक कुरा राखि रहँदा आजको दिनमा आएर सुरु हुनु यो ठूलो काम सुरु भएको बताए । हामीले २० औं वर्षदेखि चाँहेको कुराहरु आज पुरा भएको छ । यसमा हामी कति सफल भयौं, भएनौं, यसपालि हामीले कति काम गर्न सकेका छौं, कति कामहरु सुधार्न बाँकी रहेको छ । तपाईँ हामी बसेर पुनः यसलाई मिलाउँदै जाने र सहजीकरण गर्दै जाने उनले बताए ।  

टानसँग जति सदस्यहरु हुनुहुन्छ, उहाँहरुलाई यसबारे जानकारी दिने बताउँदै उनले भने, ‘टेकिङ कम्पनीबाट परमिटको लागि विभागमा आउनुपर्ने, पटक पटक विभागमा विभिन्न समस्याहरु सुनाउनु पर्ने अब चाँहि अनलाइन मार्फत नै परमिट लिर्न सक्ने सुविधाले सुरु भएकोले अब विभाग नआई यो सेवा  लिन सकिने भएको छ । अब विभागमा जान नपर्ने आफैले नै अनलाइनबाट प्रमिट निकालन सकिन्छे छ ।’

विभागले अध्यागमन प्रशासनलाई पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको बताएको छ । अध्यागमन र अन्तर्गतका कार्यालयहरुमा पूर्णरुपमा डिजिटल र स्वचालित प्रणाली शुरु भएको र सेवाग्राहीले सहज र छिटो सेवा लिनसक्ने विभागले जनाएको छ । 

अपर मुस्ताङ, अपर डोल्पो, गोरखा मनास्लु क्षेत्र, हुम्ला, ताप्लेजुङ, लोअअर डोल्पा क्षेत्र, दोल्खा, गोरखा सुम भ्याली क्षेत्र, संखुवासभा, सोलुखुम्बु, रसुवा, मनाङ, बझाङ, मुगु, दार्चुला लगायत १५ वटा निषेधित क्षेत्रमा पदयात्राका लागि अध्यागमन विभागबाट परमिट जारी हुन्छ । 
 

Advertisement