‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 

उक्तयोजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५,३०,७५० (अक्षरूपी पाच लाख तीस हजार सात सय पचास) र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई रु १००,००० (अक्षरूपी एक लाख)  हस्तान्तरण गरिएको हो ।
 
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।  

Advertisement

सिटी एक्सप्रेसले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी  समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,०००,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप्   र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार (जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भईसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

Advertisement