चतुर तामाङले १४५औं पटक चढे माउन्ट एल्ब्रस

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४५औं पटक सफल आरोहण गरेका छन् । यसअघि उनले अर्जेन्टिनास्थित आकानकागुवा हिमालको सफल आरोहण गरेका थिए । 

उनले हिजो रुसको समय अनुसार बिहान ११ बजे माउन्ट एल्ब्रसको सफल आरोहण गरेको कर्पोरेट नेपाललाई जानकारी दिए । लामो समयदेखि रुसमा रहेर माउन्ट एल्ब्रसमा गाइडको काम गर्दै आएका उनले सन् २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् ।

Advertisement

उनले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत हिमालहरुको सफल आरोहण गरेका छन् ।
 

Advertisement

Advertisement