कांग्रेसका हिन्दूराष्ट्र पक्षधर एक हजार ६१ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाइयो

Advertisement

काठमाडौं । शंकर भण्डारी नेतृत्वको नेपाली कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानले एक हजार ६१ जनाको हस्ताक्षरसहितको पत्र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।

महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् । अभियानका सहसंयोजक लोकेश ढकालका अनुसार पूर्वमहामन्त्री डा. शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यसमेतले हस्ताक्षर गरेर देउवालाई बुझाइएको हो । 

Advertisement

सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । बैठकस्थलमा अभियानले पाल टाँगेर हस्ताक्षर संकलन गरेका थिए । 

हिन्दूराष्ट्रको एजेण्डा पक्षधर बढ्दै गए पनि महासमिति बैठकमा छलफलको विषय भने बनाइएन् । यसअघिको महासमिति बैठकमा पनि हिन्दूराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाएका थिए । महासमिति बैठकमा २२ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा बोलेका थिए । 

Advertisement

Advertisement