गरिमा क्यापिटलले ल्यायो सित्तैमा डिम्याट र मेरोशेयर खाता खोल्ने योजना

Advertisement

काठमाडौं । हरेक नेपाली शेयरधनी भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरोशेयर खाता खोल्न सकिनयोजना बजारमा ल्याएकोे छ । 

यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरोशेयर खाता खोल्न सकिने छ ।   

Advertisement

ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नुहुनेछ । यो सुविधा लिनको लागी  घरमै बसी सित्तैमा डिम्याट र मेरोशेयर खाता खोल्न सकिक्ने छन् । 
 

Advertisement

Advertisement