नेपालमा जल, जङ्गल र जमिनको उपयोग

Advertisement

कुमार दाहाल
जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्, देशको संस्कृति र सम्पदा पनि हुन् । भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन् । मानिस आधुनिक नै किन नहोस्, यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन् । आधुनिक पुँजीवादका सिद्धान्त र सबै तर्क जल, जमिन र जंगलको सेरोफेरोमा घुम्छन्। मानिसको सभ्यता र संस्कृति समयक्रममा यिनै भौतिकीमा उम्रिन्छन् । फस्टाउँछन् र बिलिन हुन्छन् । तर जलजङ्गल र जमिनको स्वरूप र गुण परिवर्तन हुँदैन। यही गुणभित्र अर्बौं, करोडौं, हजारौं र सयौं वर्षदेखि मान्छे र उसको सभ्यता विकसित र आधुनिक हुँदै गएको छ। आज हामीले देख्ने भौतिक भ्रम यही हो। त्यही प्राग समयको पुनरावर्तन हाम्रो सामु छ। मानिसको बौद्धिकताले जल जमिन र जङ्गलको पूर्ण उपयोग त गर्न सक्दैन। मात्र यसको उपयोग र महत्त्व बुझे पुग्छ। जसले जल,जङ्गल र जमिनलाई भौतिक पुजी र सम्पत्ति भन्दा बढी उत्पादन र जीवनको रुपमा माने उनीहरु व्यवस्थित हुँदै गए। जस्ले  वस्तु र व्यापारको रूपमा लिए कस्तुरीको हालत भएको छ। अहिले नेपालको हालत त्योभन्दा फरक छैन।

सिङ्गापुरको हिरा पसलमा सबैभन्दा महँगो कटिङको हिरा घानाको मानिन्छ। घाना, केन्या लगायतका अफ्रिकन मुलुक संसारको  हिरा र सुन उत्पादनको स्रोत हुन।तर त्यहाँका मान्छे नाङ्गै छन् गरिबी उच्च छ। आप्रवासन थेगि नसक्नु छ।  सुडानको जङ्गलभरि एभोकाडो फल्छ । जमिन यति उत्पादक छ कि पुरै अफ्रिकाको भरपेट सुडानको उत्पादनले पुग्छ । तर, उत्पादन त परै जाओस् । देश स्थिर छैन् । संसारका झण्डै ८० प्रतिशत देशहरूको हालत यस्तै छ। जल जंगल र जमिनको उपयोग विश्वका २० प्रतिशत देशहरूको हातमा सीमित हुँदैछ। यसलाई अस्वभाविक मान्न अब सकिँदैन। नेपालको जल जङ्गल र जमिन सम्पदा मात्र होइन पूँजी पनि हो,भन्ने विषयमा दुईमत थिएन र छैन। संसारको सुन्दर भएर मात्र हुँदैन। सुन्दरताको बखान आँखामा हुन्छ। मनले नमानेको सुन्दरता कुरुप भन्दा बढी तिरस्कृत हुन्छ। अहिले  नेपाली र प्रकृतिको सुन्दरता स्वदेशमा भन्दा विदेशमा बढी चर्चा हुन्छ।  उमेर ढल्केपछि सुन्दरताको लालीमा व्याख्यात्मक मात्र हुन्छ। गुणात्मक हुँदैन। नेपालको जल जङ्गल र जमिनको अवस्था लगभग त्यस्तै हुँदैछ। 

Advertisement

अबको ५० वर्षपछि संसारको सामरिक लडाई पानीमाथि हुँदैछ। यसको भण्डार हिमालय हो। कार्बनको सहारामा गरिएको विकासले हिमाल तिरोहित हुँदैछ। मानव सभ्यता र विकासको इतिहास हेर्दा यो अस्वभाविक होइन। किनकि  विकसित माया सभ्यता, ग्रीकसभ्यता को अन्त्य चारवटा कारणले भएको छ। सांस्कृतिक क्षयीकरण, जलवायु परिवर्तन, अदुरदर्शी नेता र शासन र भूमण्डलीकरण वा समयको आधुनिकता लाई शासन र सत्ताले नबुझ्नु। अहिले एक्काइसौँ शताब्दीको पूर्वार्धमा संसारमा यी संकेत देखा पर्दैछन्। सायद यो शताब्दीभित्र थुप्रै देश विलय हुन्छन्। कतिपय महादेशहरु को सीमा रेखा फरक हुनसक्छ। र मानव सभ्यताले अर्को रुप लिन्छ। स्वयं एलन मक्सले घोषणा गरिदिएका छन् कि अबको २० वर्षपछि ठूलो जनसांख्यिक परिवर्तन हुँदैछ। मानिस, मस्तिष्क र बौद्धिकताको कारणले द्वन्दमा फस्दैछ। अहिलेको भौतिक विकास र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रकृतिपरक नबनाउने हो भने मानव सभ्यता ओरालो लाग्ने निश्चित छ। यो भनाइ एलेनमक्स ,जुकेरबर्ग र कम्प्युटरका ज्ञाताको हो। सर्वसाधारणको होइन। त्यसैले अब हाम्रो प्राकृतिक सम्पत्ति जसलाई सात दशकसम्म हामीले पोल्टामा राख्यौँ। माया गर्यौ। तर यसको फल लिन सकेनौ। अब यो हाम्रो हातबाट फुत्किँदै छ। यो विषय देशका राजनीतिकर्मी, नीति निर्माता ,कर्मचारी तन्त्र र देशलाई माया गर्ने नेपालीको मनमा दुःख लाग्न सक्छ ।तर सत्य हामी मानव सभ्यताबाट टाढा छैनौ । हामी भौतिक विकास र बौद्धिकताको प्रयोग गर्नेमा सिमान्त अवस्थामा छौँ। हामी उपयोगितावादको चङ्गुलमा परिसकेका छौं। संसारको भौतिक खुसीमा रमाउनु उपयोगितावाद हो।। कतै  हाम्रो भौतिक खुसी उपयोगितावाद त होइन । हाम्रो जल जङ्गल र जमिन यही उपयोगितावादको सिकार हुँदैछ। चाहे भित्रबाट होस् चाहे बाहिरबाट। दुःखको कुरा। के यो हाम्रो हातमा छ त।

हामीले जमिनलाई पूर्ण व्यक्तिको स्वामित्वमा राख्यौँ। कित्ताकाट गरी घर बनायौँ। खरिद बिक्री गर्यौ। यही कारणले आज बैंक धराशायी छन्। सहकारी बन्द भएका छन्। सहकारी भित्र जग्गाकै कारणले पुँजी र बचत छिर्यो। सहकारी हरायो। सहकारी समाजवादी वितरण प्रणालीको आधार हो। तर यसभित्र जग्गाको मूल्य घुस्यो। के यो कुरा नीति निर्मातालाई थाहा थिएन। उनीहरु कतै उपयोगितावादको सिकार त भएनन्। उपयोगितावाद यस्तो नीति हो जुन  अस्त्रले संसारमा शासन चलाउँदैछ।  विक्रम सम्वत ७० को दशकसम्म पानीलाई हामीले खानेपानीको रुपमा मात्र प्रयोग गर्यौ। पेट्रोडलर अब उपयोगितावादको सिकार बन्दैछ। यो अहिले थाहा हुँदैछ।  गण्डक ,कोशी र बागमतीको पानी ऊर्जाको रुपमा होइन। सिँचाइको रूपमा समेत हामीले सही प्रयोग गर्न सकेनौँ । छिमेकी मुलुकले राम्रै प्रयोग गरेको छ।  भारतीय प्रधानमन्त्री मोदीले नेपालकै भूमिमा आएर प्रष्ट भनेका छन् । पहाडको जवानी र पानी प्रयोग नगरेमा रित्तिन्छ। पानी बगेर जान्छ। जवानी अवसरको खोजीमा विदेशिन्छ।  यिनलाई यही प्रयोग गर्न उनले सुझाव समेत दिए। तर अहिले हाम्रो पानी र जवानी दुवै आप्रवासनमा छ।  

पचास सालपछिको भूनीति अव्यवस्थित बसोबास, सुकुम्बासी , सार्वजनिक सरकारी पर्ति जग्गाको वितरण भन्दामाथि उठ्नै सकेन । यो राजनीति इच्छा र नीति कहिल्यै पूरा हुनेवाला छैन। आज पनि झण्डै १२ लाख अव्यवस्थित बसोबासका निवेदन परेका छन्। सायद राजनीतिकर्मीहरूको लागि यो सुधार गर्ने राम्रै नीति हो। तर हामी फेरि पनि जग्गालाई टुक्र्याएर, बाँडेर क्षयीकरण गर्दैछौँ। यो विषय सुखद होइन। सार्वजनिक, सरकारी जग्गाको अव्यवस्थित बसोबासलाई हटाउनुपर्छ। यस्तो ठाउँमा जग्गा वितरण नगर्ने अठोट सरकारसँग हुनुपर्छ। विगत ४० वर्षमा सुकुम्बास, बसोबास  र विभिन्न समितिहरूले गरेका निर्णय आज पनि विवादित छन्। ती विवादित निर्णयहरूको सामना गर्न सरकार तयार छैन। तर फेरि हामी जग्गा वितरणमै लागेका छौं। यो विषयलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ। सार्वजनिक सरकारी प्रति जङ्गल जग्गा सरकारी सम्पदा हुन्। संस्कृति हुन्। अक्सिजन हुन्। यिनको संरक्षण गर्नु राज्यको प्रथम दायित्व हो। जनता त सकुञ्जल सरकारी सम्पत्ति हडप्न खोज्छन्। तर तिनै तहका सरकार यसमा कठोर र हुन्न भन्ने तयारीमा हुनुपर्छ।

झन्डै अहिले ५०५ जमिनमा जङ्गल छ। आइयुसीएनको स्ट्यान्डर्ड ३०५ हो। हामी कार्बन उत्सर्जनमा माथि छौं ।कार्बन उत्सर्जनको बापत डलर पनि पाउँदैछौ। ६८५ पहाडमा जङ्गल बढेको छ। अब जंगल सम्पत्ति होइन। अध्यारो र भूत प्रेत नाच्ने कृडास्थल बन्दैछ। मलेसिया, भियतनाम ,सिङ्गापुरका फर्निचर हाम्रा घरमा सजिएका छन्। तर वनको काठ कुहिएर गएको छ। किनकि वन ऐनले अहिलेको राजनीतिक कर्मी ,सरकारी नीति र प्रवृत्तिलाई विश्वास गर्दैन । वन आवश्यकताको आधारमा प्रयोग हुन्छ भन्नेमा नीति निर्मातालाई विश्वास छैन।।  यसको अर्थ वनको दुरुपयोग होइन। जङ्गलको उपयोग आयातित काष्ठ व्यापारलाई विस्थापित गर्ने खालको हुनुपर्थ्यो। तर बजारमा हाम्रा वन पैदावार भन्दा विदेशी वन पैदावार बढी छन्।  हामी कुन समयको पर्खाइमा छौ ।जसले नेपालको वन सम्पदाको राम्रो उपयोग गर्न सक्छ। यी सबै विषयमा हामी पछाडि छौं। नेपालको राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र निजी स्वार्थले  जल, जङ्गल र जमिनमा सबैभन्दा बढी अदुरदर्शी काम गर्यो। त्यसैले यिनीहरूको उपयोगमा आज कसैको विश्वास छैन।

अझै ढिलो भएको छैन नेपालको फलफुल ,खाद्यान्न ,पशुपालन जडीबुटीको, मध्यपूर्व र संसारका  देशमा ठूलो माग छ। यहाँको भूगोल हावापानीको उत्पादन अर्गानिक  मानिन्छ । यो ट्रेडमार्क हामीसँग छ। तर यसको विश्वास हामीसँग छैन। कृषि उत्पादनको ठूलो माग उत्तर दक्षिणको बजार र मध्यपूर्वमा छ। अब यातायातको समस्या रहेन। तिनै देशहरुसँग उत्पादन गरेर लैजाऊ भन्नेसम्म वातावरण हामी बनाउन सक्छौ। यसबाट जमिनको राम्रो उपयोग हुनसक्छ।  नेपालमा जमिन वस्तु व्यापारको रूपमा झन्डै ५० वर्षसम्म चल्यो। अब यो चल्ला जस्तो लाग्दैन। जमिनलाई उत्पादनसँग जोड्नै पर्छ। बजारसँग जोड्नै पर्छ। चक्लाबन्दी खेती गर्नैपर्छ। अव्यवस्थित बसोबास, सुकुम्बासीलाई जग्गा बाँड्ने भन्दा,रोजगारदाता, रोजगारी र जनसङ्ख्यालाई उत्पादन र रोजगारीसँग जोड्नु पर्छ। संघीय प्रदेश र स्थानीय तिनै तहको नीति यसमा कठोर हुनुपर्छ । जग्गाको स्वामित्व व्यक्ति सँग भएपनि संरक्षक राज्य बन्नुपर्छ र उत्पादनको लागि राज्यले जग्गाको उपयोग गर्ने नीति उत्पादनको लागि कठोर हुन सक्छ। तर समयको माग यही हो। बिर्ता, किपट जस्तो जग्गा गुठी होइन। गुठी देशको संस्कृति हो। सम्पदा हो। धरोहर हो। संस्कार हो। गुठी संरक्षण गर्दा देशको संस्कृतिको संरक्षण हुन्छ। तर क्रान्तिकारीहरूले गुठीलाई जग्गाको रुपमा बुझे। र आज देशमा सांस्कृतिक क्षयीकरण हुँदैछ। सभ्यता र त्यसको पहिचान स्थिर गराउने संस्कृतिको क्षयले  क्रमश इतिहासमा थुप्रै सभ्यता र देश हरू नामेट भए। यसबाट हामीले समयमै पाठ सिक्न जरुरी छ।

पेट्रो डलरको रूपमा जलको उपयोग अब गर्नैपर्छ। किनकि आधुनिक विकास चरम उत्कर्षमा छ। जलवायु परिवर्तन संरक्षण हामीबाट मात्र सम्भव छैन। भरथेक गर्ने हो। युक्रेन र मध्यपूर्वमा पड्केको बमको धुवा सगरमाथाको टुप्पोमा पुगिसकेको छ। हामीले हिमालको सुन्दरता र पानीको उपयोग गर्न ढिलो गर्नु हुँदैन। हिमालमा हिउँ देखिन छाडेको छ। हिमालको पानी मध्यपूर्वमा ठूलो माग छ। पानी मात्र बिक्री गर्न सक्यौँ भने ठूलो रोजगारी दिन सकिन्छ। यसमा  सरकारको योजना आउन जरुरी छ। व्याख्यात्मक योजना नीतिले यो सम्भव छैन। नीति र योजना भरपर्दा र ग्राहकमुखी हुनुपर्छ। आत्मरतिले रमाएका योजनाले फल दिँदैनन्। नेपालका योजनाहरू अहिलेसम्म आत्मरतिमा रमाएका छन्। नतिजामा होइन।

जङ्गलको उपयोग आन्तरिक खपत र काष्ठ आयात विस्थापनको माध्यम बन्नुपर्छ। त्यसै पनि प्लास्टिक र स्टिलले काठलाई विस्थापित गरिसकेको छ। जङ्गल संसारको आकर्षक हो। मानिस क्रमश प्रकृतितिर फर्कन चाहन्छ। तर यो क्रमश असम्भव हुँदै जाँदैछ। नेपालमा आप्रवासनले जंगल बढ्दै छ। जलवायु परिवर्तनको कारण मंगोलियाको ३  प्रतिशत भूभागमा सबै जनसङ्ख्या सीमित हुँदैछ।। नेपालमा  उपत्यका, तराई र चुरे भावरको दक्षिणतर्फको भूभागमा जनसङ्ख्या सिमित हुँदैछ। संसारमै जनसङ्ख्याको आप्रवासन दक्षिणबाट उत्तरतर्फ सर्दैछ।  वैदिक  सभ्यता, इन्दूस भ्यालीको संरक्षक हिन्दूकुस हिमालय क्षेत्रको जलवायु परिवर्तनले विश्व सभ्यतालाई असर पर्ने देखिँदैछ। त्यसैले सबैभन्दा बढी  वातावरणीय क्षय नेपालले भोग्नुपर्ने निश्चित छ। युएनका महासचिव गुट्रेसले नेपालको भ्रमणमा यो संवेदनशीलताको चर्चा गरेका छन्। उनले नेपाल वाटर बम माथि रहेको भनाइ समेत राखे। जलजङ्गल र जमिन देशको आन्तरिक सुन्दरता त हुँदै हो। यो विश्वको सम्पत्ति पनि हो। युएन, आइयुसिएन लगायत यसमा लागि परेका छन्। तर हाम्रो आन्तरिक नीति अल्मलिएको छ। त्यसैले जल जङ्गल र जमिनको समयमा नै उपयोग गर्नमा देशको एकीकृत र केन्द्रीकृत नीति हुनु जरुरी भइसकेको छ।

लेखकको फेसबुक एकान्टबाट साभार ।

Advertisement

Advertisement