माइक्रो ब्रुअरी स्थापना गर्न उद्योग विभागले बनायो नयाँ मापदण्ड, पहिलेको भन्दा के छ फरक ?

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागले माइक्रो ब्रुअरी सहितको रेष्टुरेण्ट उद्योग स्थापना सम्बन्धि दोस्रो मापदण्ड निर्माण गरेको छ । 

पहिले निर्माण गरेको मापदण्ड लागू नहुँदै दोस्रो मापदण्ड निर्माण गरेको हो । विभागको वातावरण हेर्ने उपसचिवको नेतृत्वमा भएको गठन भएको कमिटीले मापदण्ड तय गरेको हो । पहिलेको मापदण्डमा २० सिटसम्मको रेष्टुरेन्टको सट्टामा  २ सय सिटसम्म राखिएको छ ।  

Advertisement

यसअघि वार्षिक २५ सय हेक्टोलिटर राखिएकोमा ५ सय बढाएर ३ हजार हेक्टोलिटर पुर्याइएको  छ। माइक्रो ब्रुअरीबाट उत्पादन भएको बियरमा अधिकतम ६ प्रतिशत अल्कोहल राख्न पाइनेछ । अहिलेको मापदण्डमा रेष्टुरेन्टको क्षेत्रफल २४ सय वर्ष फिट र ब्रियु हाउसको क्षेत्रफल १२ सय वर्गफिट हुनुपर्नेछ । 

माइक्रो ब्रुअरीको निम्नुसारका भौतिक संरचना एवम् गुणस्तर नियन्त्रणको लागी प्राविधिक पक्ष पूरा गरेको हुनुपर्नेछ । 

माइक्रो ब्रुअरी पक्की भवन (RCC Building) मा स्थापना हुनु पर्नेछ । कच्चा पदार्थ भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित वस्तुको भण्डारण छुट्टा छुट्टै स्थापना गरिने व्यवस्था मिलाएको हुनु पर्ने  मापदण्डमा उल्लेख छ ।

माल्ट प्रयोग गर्दा गुणस्तर जाँचगरी मात्रै (Certified Malt) को मात्र प्रयोग गर्नु पर्नेछ। नेपाली माल्टको प्रयोग हुने भएमा उत्पादकको गुणस्तरीय माल्ट उत्पादनको प्रमाण पत्र भएको हुनु पर्नेछ। 

यस्तै क्लिन प्लेस (CIP) सुविधा तथा प्रयोगशालाको व्यवस्था भएको हुनु पर्नेछ । माइक्रो ब्रुअरीमा प्रयोग हुने ट्यांकी एवम् पाइपलाईन स्टेइनलेस स्टीलेको हुनु पर्नेछ ।

माइक्रो ब्रुअरीमा प्रयोग हुने बोइलर (Boiler) ले इन्धनका रुपमा  विद्युत (Electricity) मात्रै प्रयोग गर्नु पर्नेछ ।

माइक्रो ब्रुअरीले उत्पादनमा प्रयोग गर्ने पानी खाध्य तथा गुण नियन्त्रण बिभाग (DFTQC) ले तोकिएको खानेपानीको मापदण्ड अनुरुपको पानीको चारित्रिक गुण हुनु पर्नेछ । उत्पादित बियरको चारित्रिक गुण ने.गु. २३ को गुणस्तर मापदण्ड अनुरुपको हुनु पर्नेछ।

एडजुन्ट (Adjunct) को रुपमा चिनी मिसाउन पाइने छैन । बियर उत्पादन गर्दा  अल्कोहल टेक्नोलोजिष्ट (Alcohol Technologist) वा फुड टेक्नोलोजी (Food Technologist) ले  क्वालिटी असिओर (Quality Assurance) गरी उत्पादन गर्नु पर्नेछ ।

माइक्रो बु्रअरी भनेको स्टुरेण्टमै ताजा बियर उत्पादन गरी ग्राहकलाई सेवा दिइन्छ । उक्त उद्योगको उत्पादन बाहिर बजारमा बिक्री गर्न भने पाइदैन । यस्तो उद्योगलाई लगाउने कर भने अर्थमन्त्रालयले निर्धारण गर्नेछ । माइक्रो ब्रुअरी स्थापनमा ठूला ब्रुअरीले अवरोध सिर्जना गर्न सक्ने आंशका छ ।  

नयाँ मापदण्डः

undefinedundefinedundefined

पुरानो मापदण्डः 

undefinedundefinedundefined

 

 

Advertisement

Advertisement