राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा रिसाल र ज्ञवाली नियुक्त, सपथ ग्रहणपछि गरे पदबहाली

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्राडा रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् । 

यसैबीच सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच हिजो बिहीबार नै पदबहाली समेत गरेका छन् । 

Advertisement

शपथ ग्रहण कार्यक्र्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो । 

undefined

Advertisement

Advertisement