फागुनमै १५ कम्पनीको साधारण सभाः पाँचवटाले लाभांश पारित गर्ने, बाँकीको हातखाली (सूचीसहित)

Advertisement

काठमाडौं । फागनु महिना भित्रै विभिन्न १५ कम्पनीको वार्षिक साधारण सभा गर्दैछन् । मिति तय गरेका मध्ये फागुन १४ गतेदेखि ३० गतेसम्म १५ वटा कम्पनीले साधारण सभा गर्ने भएका हुन् । 

साधारण सभाको तयारी गरिरहेका १५ मध्ये ५ वटालेमात्रै लाभांश प्रस्ताव गरेका छन् ।   

Advertisement

यसैक्रममा मिर्मिरे लघुवित्तको साधारण सभा फागुन १४ गते होटल सारथी काभ्रेमा हुँदैछ । साधारण सभा प्रयोजननका लागि फागुन ४ गते बुक क्लोज भएको छ भने सञ्चालकको निर्वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै यूनाइटेड इदी मर्दी हाइड्रोको  साधारण सभा फागुन १७ गते आभ्या क्लब पोखरामा हुँदैछ । फागुन ४ गते बुक क्लोज भइसकेको छ भने वार्षिक प्रतिवेदन पारित गर्ने कार्यसूची छ । ५.५० प्रतिशत बोनस र ०.२८९ प्रतिशत नगद लाभांश पारित हुनेछ । 

मल्टीपर्पस फाइनान्सको साधारण सभा फागुन १८ गते राजविराज सप्तरीमा हुँदैछ । फागुन ६ गते बुक क्लोज भएको छ भने सञ्चालकको निर्वाचन गर्ने कार्यसूची छ ।

यता एशियन लाइफको साधारण सभा फागुन १८ गते होटल क्लासिक सिमरा बारामा हुँदैछ । फागुन ८ गते बुक क्लोज भइसकेको छ भने १ः०४२ को अनुपातमा हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची छ । ७.७५ प्रतिशत बोनस र ०.४०७८ प्रतिशत नगद लाभांश पारित गरिने छ । 

त्यसैगरी सबैको लघुवित्तको साधारण सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट तनहुँमा फागुन १९ गते हुँदैछ । साधना लघुवित्तको साधारण सभा पनि सोही दिन त्रिशुली बिच रिसोर्ट धादिङमा हुँदैछ । फागुन ४ गते बुकक्लोज भएको छ भने दुबैले सबैको र साधनाको १ः१ अनुपातमा मर्जर प्रस्ताव पारित गर्ने छन् । 

यसैबीच आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते लैनचौर बैंक्वेटमा हुँदैछ । फागुन १० गते बुक क्लोज भएको छ भने सञ्चालकको निर्वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते तिलोत्तमा रुपन्देहीमा हुँदैछ । फागुन ११ गते बुक क्लोज भएको छ भने सञ्चालकको निर्वाचन गर्ने कार्यसूची छ ।

यता हिमालयन रि इन्स्योरेन्सको साधारण सभा फागुन २० गते राष्ट्रिय सभागृहमा हुँदैछ । फागुन ७ गते बुक क्लोज भएको छ भने १०ः८ अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव पारित गरिंदैछ । ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश पारित गरिने छ । 

कालिका लघुवित्तको साधारण सभा होटल टास्क पोखरामा फागुन २४ गते हुँदैछ । फागुन १४ गते बुक क्लोज हुँदैछ भने सञ्चालक निर्वाचन गर्ने कार्यसूची छ । 

स्वरोजगार लघुवित्तको साधारण सभा फागुन २६ गते नेपाल हाउस हात्तीसार काठमाडौंमा हुँदैछ । फागुन १३ गते बुक क्लोज हुनेछ भने एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिने छ । ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश पारित गरिने छ ।

महिला लघुवित्तको साधारण सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा हुँदैछ । फागुन १५ गते बुक क्लोज हुनेछ भने सञ्चालकको निर्वाचन गर्ने कार्यसूची छ ।

विन नेपाल लघुवित्तको साधारण सभा होटल उग्रचण्डी बनेपामा फागुन २९ गते हुँदैछ । फागुन ४ गते बुक क्लोज भइसकेको छ भने वार्षिक प्रतिवेदन पारित गर्ने कार्यसूची छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा फागुन ३० गते लिसरा रिसेप्सन काठमाडौंमा हुँदैछ । फागनु ११ गते बुक क्लोज भएको छ भने सञ्चालकको निर्वाचन गर्ने कार्यसूची छ । ११ प्रतिशत नगद लाभांश पारित गरिने छ । 

त्यस्तै कृषि विकास बैंकको साधारण सभा फागनु ३० गते केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुँदैछ । फागुन १७ गते बुक क्लोज हुँदैछ भने वार्षिक प्रतिवेदन पारित गर्ने कार्यसूची छ ।  

Advertisement

Advertisement