टीआरसी विधेयक पेश गर्ने अन्तिम चरणमा छौंः प्रधानमन्त्री, फेरि जनयुद्ध दिवस मनाइने

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् । 

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रश्तुत गर्ने तयारीमा रहेको बताएका हुन् । दाहालले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए । 

Advertisement

संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताउँदै उनले भने, ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ती महान शहीद र बेपत्ता योद्धाहरुलाई राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ । तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट उनीहरुको नाममा, उनीहरुको बालबच्चालाई रोजगारी विधेयकमा राखेका छाँै ।’ 

दाहालले थपे, ‘धेरैलाई थाहा होला त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ । सदनमा प्रश्तुत भएर एउटा उपसमितिबाट पारित भएर आज बैठक बसेको छ । त्यहाँबाट मिति तोकिन्छ । ५ दिन भित्रमा समितिबाट टुंग्याउने र सदनबाट पारित गर्ने त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ ।’

जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको दिए । 

दाहालले भने, ‘अहिले राज्यले राष्ट्रिय शहीको सम्मान दिइसकेपछि र अब जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा राज्यको तर्फबाट घोषणा मैले गरेको थिएँ । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस र बिदा भनेर लेखिएको छ । तर अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको भएर यो दिवस नगर्न भनेको छ । अदालतको भनाइलाई कमेण्ट गरेको छैनौँ । म प्रधानमन्त्री भएकाले कमेण्ट गर्न अफ्ठ्यारो हुन्छ । हामीले त जनयुद्ध दिवस त मनायौँ । संक्रमणकालीन न्याय टुंगिएपछि राष्ट्रिय दिवस भएर बिदा हुन्छ ।’

Advertisement

Advertisement