आजको मौसम : गण्डकीसहित यी तीन प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आज देशका पहाडी तथा उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण यस्तो भएको हो ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement