मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच आज पनि (सोमबार) पनि वार्ता हुने भएको छ । आइतबारको वार्ता सोमबार बस्ने गरी टुंगिएको थियो । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए 

सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ । वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधि पनि सहभागी हुनेछन् । 

Advertisement

आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।
वार्ता चलिरहे पनि पीडितले सडक आन्दोलन भने नरोक्ने भएका छन् । 
 

Advertisement

Advertisement