आईपीओ निष्कासनको प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा आगामी चैत ५ गते बस्ने भएको छ ।  

सभाले वार्षिक प्रतिवेदनसहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिकसमेत तोक्ने कार्यतालिका छ । 

Advertisement

साथै, सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसका लागि आवश्यक प्रक्रिया गर्न सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावलीको आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र आईपीओ जारीपश्चात् प्राप्त पुँजीको उपयोग गर्नेबारे पनि छलफल गर्नेछ ।

सभा शुभ होटल, प्रालि, चाइना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

Advertisement