१४ किलो सुन तस्करीमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

Advertisement

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा संलग्न प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गुरुङलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरिएको हो । 

१४ किलो सुन तस्करीको अनुसन्धान गर्दा गुरुङ मुख्य योजनाकार रहेको पाइएको थियो । अनुसन्धानमा क्रममा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई गुरुङले परिचालन गरेको खुलेको थियो । 

Advertisement

पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए ।

अहिले उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

Advertisement

Advertisement