मन्त्रीहरुको राजीनामा र लघुवित्त पीडितको समस्यालाई लिएर आज पनि संसद अवरोध र नाराबाजी

Advertisement

काठमाडौं । प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुको राजीनामा लघुवित्त तथा मिटरब्याज पीडितहरुको समस्या समाधानको विषयलाई लिएर सोमबार पनि संसद अवरोध गरेका छन् । 

विपक्षी साँसदहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै नाराबाजी गरेका थिए । फागुन ६ गतेदेखि विषय उठाउँदै आएको भए पनि सरकारले जवाफ समेत नदिएको भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधि सभामा विरोध जारी राखे । 

Advertisement

सुरुमा बोल्दै एमालेका साँसद गोकुल बास्कोटाले भने, ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो । सुप्रिमोमाथि को छ ?’ उनले प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीमाथि पनि कोही छ कि ? भनी प्रश्न गरे । विवादित मन्त्रीहरुको सम्बन्धमा स्पष्ट रुलिङ गर्न सभामुखलाई बास्कोटाले आग्रह पनि गरे । 

Advertisement

Advertisement