कालिकोटको सुनथरालीमा ३८ बर्षपछि उडान, तारा एयरले व्यवसायिक उडान सुरु गर्यो

Advertisement

काठमाडौं । तारा एयरले कालिकोटको सुनथराली विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ । 

आज (सोमबार) बिहान बजे ताराले सुर्खेतबाट कालीकोटको सुनथराली विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

Advertisement

उक्त उडानको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गरे । नेपालगञ्जबाट गएको तारा एयरको (एन–एकेएल) जहाज सुनथरालीमा अवतरण गरेको थियो । 

तारा एयरले यसअघि पनि चार वर्षअघि परीक्षण उडान गरिसकेको सो विमानस्थल ३८ वषपछि आजदेखि व्यवसायिक उडान सुरु भएको हो । 

कालीकोटको सुनथराली विमानस्थलमको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ । आजै यो विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पनि चार्डर उडान गरेको थियो । 

Advertisement

Advertisement