आरजु राणा भन्छिन्– ‘बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन’
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपाली काँग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छिन् । 

सोमवारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुन् । उनले बजेट दिनका लागि सांसदहरु हानाथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् ।उनले सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् । 

Advertisement

उनले भनिन्,  ‘कात्तिकको १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेण्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्दछु । आज हामी प्रि बजेटको छलफल गर्न गइरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरु हानाथाप गर्दछौँ । मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर दुई तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरु स्पेन्ट भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगेपनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले कात्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै प्रश्न गरिन् । ।

Advertisement

Advertisement