शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम भने घटेर दुई अर्बमा समेटियो

Advertisement

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज उकालो चढे पनि कारोबार रकम भने २ अर्बमै खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.२८ अंकले बढेको हो । ०.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९२.३० अंकमा उक्लिएको छ । 

Advertisement

आज ३१४ कम्पनीका ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर किनबेच हँुदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ ह्जार ७०.५१ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement