सर्वोत्तम आईपीओ अपडेट : २७ लाख ७६ हजार कित्ताका लागि २ करोड २२ लाख आवेदन

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा दोस्रो दिनसम्म मागभन्दा आठ गुणा बढी आवेदन परेको छ । 

सोमबारसम्ममा २ करोड कित्ता भन्दा धेरै शेयर खरिदको लागि आवेदन परिसकेको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सीडीएससीका अनुसार सोमबार साँझसम्म २७ लाख ७६ हजार ७६ कित्ताका लागि ४ लाख ७ हजार ७११ जना आवेदकबाट २ करोड २२ लाख २३० कित्ता शेयर माग गरिएको छ ।

Advertisement

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । 

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपियाँका दरले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द फागुन १६ गते हुनेछ ।

Advertisement

Advertisement