हर्क साम्पाङलाई धक्का, धरानमा विमानस्थल बनाउन नमिल्ने प्राधिकरणको ठहर

Advertisement

काठामाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न संभाव्य नरहेको निष्कर्ष निकालेको छ । 

उक्त उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो क्षेत्रमा विमानस्थल बनाउन प्रयास गर्दै आएको बेला प्राधिरकणको यो निर्णयलाई उनको योजनामा धक्का लाग्ने भएको छ । 

Advertisement

धरानमा गरिएको विस्तृत संभाव्यता अध्ययनले विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निटक विमानस्थलबाट कम्तीमा ४० माईल हुनुपर्नेू नीतिगत व्यवस्था विपरित हुने प्राधिकरणले जनाएको हो । 

सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले ‘वान वे एप्रोच’ मात्र संम्भव हुने भन्दै प्राधिकरणले हवाई यातायातको दिर्घकालिन, नियमित र व्यवसायिक संम्भावना नभएको तथा अन्य विविध प्राविधिक कठिनाईले गर्दा धरानमा विमानस्थल निर्माण गर्न नसकिने निष्कर्ष निकालेको हो । 

Advertisement

Advertisement