बहालवाला मन्त्री, पूर्वमन्त्री, मुख्यसचिवको संलग्नता रहेको टेरामक्स प्रकरणको अनुसन्धान पूरा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स खरीद प्रकरणमा भएको अनियमितताको अनुसन्धान सक्किएको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा उनले यसको अनुसन्धान सक्किएको बताउँदै चाँडै नजिता आउने बताए । हालसम्म लिएका बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताउँदै राईले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरीद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ । त्यस क्रममा अख्तियारले तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएका भन्दै बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग बयान लिएको थियो । 

बहालवालामन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको भन्दै अहिले संसदमा विपक्षी दलहरुले मन्त्री बस्नेतको राजीनामा माग गरेका छन् । त्यस्तै, अर्का पूर्वमन्त्री कार्की अख्तियारले बोलाउँदा बयान दिन नगएको भन्दै उनको समेत आलोचना हुँदै आएको छ । 

त्यस्तै, प्रमुख राईले पूर्वमन्त्री गोकुल वास्कोटा संलग्न ७० करोडको अडियो प्रकरणको पनि अनुसन्धान भइरहेको बताएका छन् । 

Advertisement

Advertisement