‘फन रन’ चैत ३ मा हुने, सहभागिता शुल्क रु. ५००

Advertisement

काठमाडौं । झन्डै तीन वर्षको अन्तरालपछि ‘हाइयर ग्राउण्ड नेपाल’ले ‘फन रन’ कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो चैत ३ गते बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल परिसरमा यो कार्यक्रम पुनः हुन लागेको हो । 

संस्थाले नेपाली महिलाहरूको सशक्तिकरणमा टेवा पुर्याउनुका साथै विभिन्न विपन्न वर्गका व्यक्तिहरूको सहयोगको निम्ति सहयोग रकम जुटाउने यो कार्यक्रम महत्वपूर्ण हुने भन्दै यस वर्षको ‘फन रन’मा एक हजार पाँच सय भन्दा बढी सहभागी र सामुदायिक स्वयंसेवक सहभागी हुने अपेक्षा गरिएको जनाएको छ । 

Advertisement

फन रनमा भाग लिन कुनै पनि प्रकारको उमेर, लिङ्गको रोकतोक नभई सबैका लागि खुला गरिएको छ । सहभागीहरूलाई एकता र समावेशिताको भावनामा दौडन वा हिंड्न प्रोत्साहित गरिने आयोजकको भनाई छ । 

कार्यक्रममा दौडबाहेक विभिन्न रमाइला कार्यक्रमः एलिगेन्ट जुम्बा जोनद्वारा सञ्चालित जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ, फेस पेन्टिङ, महिला उद्यमीहरूद्वारा सञ्चालित स्टल, ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कन्सर्ट सञ्चालन हुनेछ । 

ग्रिन–वे नेपालले दिगो बजार सञ्चालन गर्ने सो कार्यक्रममा सहभागी शुल्क रु. पाँच सय तोकिएको छ । दर्ता शुल्कमा प्रत्येक सहभागीले टी–शर्ट, सहभागिता पदक र खाजा समेत पाउने छन् ।

सन् २०१५ देखि हरेक बर्ष आयोजना हुने फन रनको  सदभावना राजदूत प्रसिद्ध धावक रशिला तामाङ हुन् । सन् २०२३ मा एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली पनि हुन् । 

Advertisement

Advertisement