तीन निर्जीवन लघुबीमा कम्पनीले आर्जन गरे ७ करोड पाँच लाख बीमा शुल्क, कुनले कति ?

Advertisement

काठमाडौं । सञ्चालनमा रहेका तीन निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा ७ करोड ५ लाख ६३ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले ३ करोड ६५ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ३२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

यी तीन कम्पनीहरुले ७ महिनामा ३१ हजार ८ सय ८१ वटा बीमालेख जारी गरेका छन् ।

माघ महिनाको मात्रै तथ्याङ्क हेर्दा नेपाल माइक्रोले ६ हजार ३ सय ७० वटा बीमालेख बिक्री गरी १ करोड २७ लाख ६२ हजार, प्रोटेक्टिभ माइक्रोले २ हजार १ सय १० वटा बीमालेख बिक्री गरी ६७ लाख ६१ हजार र स्टार माइक्रोले ३ हजार ८० वटा बीमालेख बिक्री गरी ५९ लाख ६४ हजार बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले उल्लेख गरेको छ । माघ महिनामा मात्रै यी तीन कम्पनीले कूल २ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।   

बीमा शुल्क रकम (रु. लाखमा) 

undefined
 

  

Advertisement