शिखर इन्स्योरेन्सको साधारणसभा चैत ९ मा

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्सको साधारणसभा चैत ९ गते बस्दैछ । 

सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने घोषणा गरिसकेको छ । लाभांश प्रस्तावबिनै सभा बस्नेछ । 

सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ ।  तर, २५ र २६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले शेयर कारोबार हुनेछैन । यसकारण फागुन २४ गतेसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।

Advertisement