सोल्टी होटलको शेयर बेचेर वायुसेवा निगमको आर्थिक अवस्था सुधार गर्न सिफारिस

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले आज बिहीबार चौथो प्रतिवेदन सरकारलाई बुझाएको छ । 

क्याप्टेन कुलबहादुर लिम्वु नेतृत्वको सिफारिस समितिले सिफारिस समितिले प्रतिवेदन बुझाएको हो । क्षेत्री नेतृत्वको समितिले लिम्बुको संयोजकत्वमा सो सिफारिस समिति बनाएको थियो । सो समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगम सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको हो । 

Advertisement

बुझाइएको प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको शेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यवसायिक कार्ययोजना बनाउने चार वटा मुख्या कुरा उल्लेख गरिएको छ । 

Advertisement

Advertisement