बित्त आयोगका सदस्यमा अयोग्यहरुलाई नियुक्ति गरिएको भन्दै सर्वोच्चमा रिट दायर

Advertisement

काठमाडौँ । वित्त आयोगमा नियुक्त भएका आयुक्तहरुको शैक्षिक योग्यता नपुगेको भन्दै उनीहरुको नियुक्ति बदरको मागसहित सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । 

अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलालाई विपक्षी बनाइ रिट दायर गरिएको हो । 

Advertisement

सर्वाेच्चमा दर्ता गरिएको उक्त रिटमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गर्न माग गरिएको छ । आयोगको वेभसाइटमा अपलोड गरिएको सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिक विबरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरु शंकास्पद देखिएको भन्दै रिटमा सूचना माग गर्दा सूचना समेत नदिइएकोले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको बताएका छन् । 

रिटमा भनिएको छ, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित् विषयमा स्नातक उपाधि हासिल गरी प्राकृतिक श्रोत वा वित्त व्यवस्थापन, अर्थशास्त्र, कानून, व्यवस्थापनको क्षेत्रमा कम्तीमा २० वर्ष क्रियाशील रही विशेषज्ञता हासिल गरेको भन्ने स्पष्ट व्यवस्था गरिएको छ । तर जुद्धबहादुरले परिषदमा पेश गरेको बायोडाटा र निजले प्रकाशित गरेको किताबको पानामा देखिएको बायोडाटामा योग्यता समेत फरक परेको देखिन्छ । यसरी हेर्दा निजले एमएस्सी तथा विएडको योग्यता देखाएर मात्र विपक्षी आयोगको नियुक्ति लिएको देखिन्छ ।’ 

सदस्यद्धय गुरुङ र निरौला हालसम्म पनि निर्धक्क रुपमा आयोगमा कार्यरत रहेको भन्दै रिटमा दुवैको बायोडाटामा उल्लेख गरिएको विबरण अनुसार नियुतिmका लागि शैक्षिक योग्यता नपुगेको दावी गरिएको छ । विपक्षी परिषदले नियुक्त गर्दा विपक्षीहरुको योग्यता समेत हेर्दै नहेरी नियुक्त गरेको, विपक्षी जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाले आफ्नो योग्यता लुकाई संविधान विपरितको कार्य गरेको स्पष्ट देखिँदा विपक्षी आयोगले समयमा कार्य गर्न नसक्ने, बैठकको कोरममा पनि अयोग्यको बहुमत हुन गई गलत निर्णय हुन जाने भन्दै रिटमा जुन प्रयोजनको लागि आयोग स्थापना भएको हो, सोही प्रयोजन पूरा हुन नसक्ने भएकोले योग्यता पुगेको व्यक्तिलाई मात्र विपक्षी आयोग तथा अन्य संवैधानिक आयोगमा समेत नियुक्त गर्ने जारी गर्न माग गरिएको छ । 

Advertisement