प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाईँ नियुक्त

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा सन्तोष प्रसाई नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले आजैबाट लागु हुने गरी प्रसाईलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

Advertisement

कम्पनीका सीईओ रमेशकुमार भट्टराईले राजीनामा दिए पछि प्रसाईँ कामु सीईओ रहेका थिए । 

यसअघि नेपाल लाइफ र साविकको प्रभु लाईफको सीईओको भूमिकामा रहिसकेका प्रसाईँ प्रभु र महालक्ष्मी मर्ज भएपछि वरिष्ठ डीसीईओका रुपमा कार्यरत थिए ।

Advertisement