एशियन लाईफको साधारण सभाबाट लाभांश र हकप्रद पारित

Advertisement

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सोह्रौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा आज सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठबाट प्रस्तुत  आव २०७९/०८० को वार्षिक प्रतिवेदन अनुमोदन भएको छ ।    

आर्थिक वर्ष २०७९।८० सम्मको संचित नाफाबाट कम्पनीको चुक्ता पूँजी रु. ३,१५,५३,००,५१७।–को बोनश शेयर ७.७५% ले हुन आउने रु. २४,४५,३५,७९०।– बराबरको बोनश शेयर र बोनश शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि ०.४०७८ प्रतिशतले हुन आउने  रु.१,२८,७०,३०५।– नगद लाभांश वितरण गर्ने सञ्चालक समिितको प्रस्ताव पारित गरेको छ ।

Advertisement

यसैगरी बीमा प्राधिकरणको निर्देशन बमोजिम रु. ५ अर्ब चुक्ता पूँजी पुर्याउन बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात (१ः०.४२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सञ्चालक समितिबाट पारित भएको छ । बोनश शेयर वितरण र हकप्रद शेयर निष्काशन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित भएको छ । 

यसैगरी आर्थिक वर्ष २०७९/८० (एनएफआरएस बमोजिम) आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुुसूचीहरु माथि छलफल सहित पारित भएको छ ।     

सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा शिला राजभण्डारीलाई नियुक्त गर्ने निर्णय सञ्चालक समितिको निर्णयलाई साधारण सभाले अनुमोदन गरेको छ । साथै आर्थिक वर्ष ०८०÷८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

शेयर संरचनामा परिवर्तन पश्चात् संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।

साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन  तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

Advertisement