सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बाँडफाँट गर्ने तयारी

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओ आगामी बुधबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइतबार प्रि–अलटमेन्ट गर्ने भएको हो ।   

कम्पनीको आईपीओका लागि मा १० लाख १२ हजार ३ सय ८४ जनाको आवेदन परेको छ । क्यापिटलका अनुसार १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपियाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको हो । 

Advertisement

कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि फागुन १३ गतेदेखि १६ गतेसम्म कूल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्काशन खुला गरेको थियो । 

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको शेसेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

उद्योगले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता रु। ३६०।९० रुपियाँमा आईपीओ बिक्री गर्न लागेको हो । लगानीकर्ताहरुले कम्पनीमा ५० कित्ता आईपीओ भर्नु पर्ने व्यवस्था थियो । उक्त आईपीओ ५५ हजार ५ सय २१ जनाले पाउने छन् । 

Advertisement

Advertisement