काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग चाहियोः बर्षमान पुन

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताउनुभएको छ । रोल...

राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीब्रताका साथ विकास भएको दाबी गर्दै पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र एक लाख किलोमिटर बाटो पुगेको दाबी गरे । 

Advertisement

गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीब्र विकास भएको पुनको भनाई छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीब्र रुपले देशको विकास गर्ने संकल्प गरेको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको बताए । 

उनले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग चाहिएको बताए । पुनले भने, ‘खासगरी आज युवाहरुले देशको भविष्यको बारेमा, समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गर्नुभएको हामीले सार्वजनिक रुपमा सुन्ने गरेका छौँ । देशमा भविष्य छ कि छैन, देश बन्छ कि बन्दैन ? हाम्रो देश नेपाल समृद्ध हुन्छ कि हुँदैन ? यही प्रश्न युवाहरुको मनमा छ । म यहाँहरुलाई के भन्छु भने ३० वर्षको पञ्चायत र १५ वर्षको राजतन्त्रात्मक संसदीय व्यवस्था हेर्यौँ । त्यस यताको १५ देखि १६ वर्ष हेर्ने हो भने तुलनात्मक रुपमा आँकडामा हेर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तीब्र विकास भएको छ ।’ 

उनले थपे, ‘गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रतामा विकास भएको छ । एउटै उदाहरणः पञ्चायत कालमा साढे ७ हजार बाटो बनेको थियो, पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुग्यो । अहिले १ लाख किलोमिटर बाटो पुगेको छ । अरु पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भएको छ । तर नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास भएको छैन । आज प्रधानमन्त्रीज्युले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ । काम गर्ने कोशिस गर्नुभएको छ । तपाईं युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ । सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेछ ।’

Advertisement

Advertisement