आजको मौसम : यी ६ प्रदेशमा मेघ गर्जनसहित वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले देशभर साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै, बाँकी भू–भागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

साथै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।


 

Advertisement

Advertisement