लाभांश वितरणको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तको साधारणसभा बस्दै, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश तथा एफपीओ निष्कासन प्रस्ताव पारित गर्न दसौं साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको संस्थाले साधारणसभामा सो प्रस्ताव पेस गर्नेछ । 

सभा चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेलमा बिहान साढे १० बजेदेखि सुरु हुने संस्थाले जनाएको छ ।

Advertisement

सभाले गत आवको मुनाफाबाट ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६.४६ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथसाथै, ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्कासनका लागि पनि प्रस्ताव पारित गर्ने योजना छ । 

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । अतः फागुन २९ गतेसम्म नेप्सेमा कायम  शेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement