यी तीन कम्पनीको साधारसभा आज, एकले मात्र लाभांश पारित गर्ने

Advertisement

काठमाडौं । आज फागुन २० गते आइतबार । तीन संस्थाहरुको वार्षिक साधारणसभा बस्दैछ । हिमालयन रि–इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्दैछ । यी तीन कम्पनीमध्ये हिमालयन रिले मात्रै लाभांश प्रस्ताव गरेको छ । बाँकी दुई कम्पनीले बिनालाभांश नै साधारणसभा बोलाएका हुन् । 

हिमालयन रिको साधारणसभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग–काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभालेले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisement

त्यस्तै, गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा बोनस शेयर वितरणपछि कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेस हुनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको थियो । जसअनुसार फागुन ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, आईजीआई प्रुडेन्सियलको सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले गत आवको वित्तीय विवरणमा छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पेस गर्नेछ ।

सभाले एक जना महिलासहित संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन पनि गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १० गते बुक क्लोज गरिसकेको छ । अतः फागुन ९ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् । 

त्यसैगरी, स्वाभिमान लघुवित्तको सभा कम्पनीको केन्द्रीय कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालक नियुक्ति गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा उपस्थित हुन पाउनेछन् । 

Advertisement

Advertisement