बाँकेमा आजदेखि लुम्बिनी प्रदेश युवा सम्मेलन

Advertisement

काठमाडौं । लुम्बिनी प्रदेश नेपाल युवा परिषद्को आयोजनामा आजदेखि बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ ।

लुम्बिनी प्रदेश युवा परिषद्को आयोजनामा बाँकेको गाभर भ्याली होमेस्टेमा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको हो । फागुन २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जनाएको छ । 

Advertisement

एक राम्रो विश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने बताइएको छ । 

नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए । उनले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे । 

१२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकासमन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रश्तुत, प्यानल छलफल, सफलताका कथाहरुसहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ ।

सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला संस्कृति झल्कने वेशभूषा स्थानीय स्तरमा पाइने रैथाने खानाका परिकार र रैथाने बीउबिजनसमेत लिई प्रदेश युवा सम्मेलन हुँदैछ ।

Advertisement

Advertisement