आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन भएका छन् । 

सभाले संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारणस समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाललाई सञ्चालन निर्वाचित गरेको हो । 

Advertisement

कम्पनीको सधारण सभा  सम्पन्न भएको छ । सभा काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो । 

उक्त सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको जनाएको छ ।


 

Advertisement