काँग्रेसले निजी क्षेत्र सिध्याइदियोः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आईतवार संसद भवनमा आफ्नो पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै उनले नेपालमा भएका केही उद्योगहरुलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको जिकिर गरे । 

काँग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताउँदै ओलीले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि किनिएको बताए । 

Advertisement

ओलीले भने, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो । हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजीकरण भनेर काँग्रेसले उहिल्यै सिध्यायो । निजी क्षेत्रलाई पनि सिध्याइदियो । हाम्रा जो उद्योगहरु थिए, ती भ्रष्ट बनाइदियो, निजी क्षेत्रलाई समेत । कमिसनतन्त्रले गर्दा गर्दा उनीहरुले पनि चलाउनेका लागि किनेनन् । बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन् । हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन् । अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो । अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौँ । आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छाँै । इन्जिन बनाउने कसरी ? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन ।’

अध्यक्ष ओलीले नेकपा एमालेले निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको दावी गरे । 

Advertisement

Advertisement