सूर्यज्योतिको नयाँ बोनस दर घोषणा, कुन योजनामा कति पाइन्छ ?

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको  छ । नेपाल बीमा प्राधिकरणबाट आइतबार स्वीकृत भएको नयाँ बोनस दरअनुसार बीमितले प्रतिवर्ष न्यूनतम ४० र अधिकतम ९० रुपियाँसम्म दरले बोनस पाउने भएका छन् ।

बिमितले सावधिक जीवन बीमा योजनाअन्तर्गत न्यूनतम ४३ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म बोनस पाउनेछन् । यसमा सुरक्षित बचत, जीवन बीमा योजना–०१, सुनौलो भविष्य बाल जीवन बीमा योजना–०५, एकल तथा सीमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र एकल तथा सीमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ जस्ता बीमा योजना रहेका छन् ।

Advertisement

त्यस्तै, संरक्षित सावधिक जीवन बीमा योजना–५१, सिमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, संरक्षित बाल जीवन बीमा योजना–७१, सामूहिक सावधिक जीवन बीमा योजना–९१, सावधिक जीवन बीमा योजना–१५१ र सावधिक लघु जीवन बीमालेख–१८१ सावधिक बीमा योजनामा बिमितले न्यूनतम ४० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, सावधिक तथा आजीवन बीमा योजनाको सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ४३ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म बोनस पाउने भएका छन् । साथसाथै, सावधिक तथा आजीवन बीमा योजनाकै सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ मा भने बिमितले बीमा अवधिअनुसार न्यूनतम ४० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । 

त्यस्तै, अग्रीम भुक्तानी सावधिक बीमा योजनाअन्तर्गत धनलाभ जीवन बीमा योजना–०२ र ‘थ्री–२०’ धनबहार जीवन बीमा योजना–०९ मा न्यूनतम ४३ रुपियाँदेखि अधिकतम ५० रुपियाँसम्म बोनस पाउने भएका छन् । अग्रिम भुक्तानी सावधिक बीमा योजनाकै आसाधन अग्रीम भुक्तानी जीवन बीमा योजना–६१–६२, धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३–६४–६५, सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–६६ र अग्रीम भुक्तानी बाल जीवन बीमा योजना–७३ मा बिमितलाई कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ४२ रुपियाँदेखि अधिकतम ६० रुपियाँसम्म बोनस दिने भएको छ ।

चौरासी पुजा अग्रिम भुक्तानी (नियमित) बीमा योजनामा न्यूनतम ४५ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म, चौरासी पुजा अग्रिम भुक्तानी (एकल) बीमा योजनामा न्यूनतम ७५ रुपियाँदेखि अधिकतम ९० रुपियाँसम्म र इजी–पे अग्रीम भुक्तानी बीमा योजनामा बीमितले न्यूनतम २० रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म बोनस प्राप्त गर्न सक्नेछन् । 

माथि उल्लखिति बोनस दर, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, तथा चालू बीमालेखमा समेत लागू हुनेछन् । त्यस्तै, नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नहुँदासम्म्मका लागि यही बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।

undefined

Advertisement

Advertisement