टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडीहरुलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ । 

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरुसंग टाटा एसके १६१३ र टाटा एलपिके २५२३ टिपर साट्न सकिनेछ । उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो ।

Advertisement

टाटा एसके १६१३ र एलपिके २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकहरुले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरु प्राप्त गर्न सक्ने छन् । 
 

Advertisement