शेयर बजारमा पोजेटिभ सर्किट लाग्दा कारोबार स्थगित, लगानीकर्ताहरुले मनाए खुशियाली

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्किट ब्रेकर लागेर आजको कारोबार स्थगित भएको छ । 

आज बजार खुलेको केही समयमै सर्किट लागेर पहिलो पटक २० मिनेर, दोस्रो पटक ४० मिनेर बजार बन्द गरिए पनि पुनः बजार खुले लगत्तै ६ प्रतिशत बजार बढ्दा आजका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

undefinedआज नेप्से सूचक ११७.७० अंकले बढेर २०७८  अंकमा पुगेको छ । 

सत्ता गठबन्धन परिवर्तन हुने र अथमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेलको आगमन हुने चर्चाका बीच शेयर बजारमा उछाल देखिएको हो । 

बजारमा हरियाली छाएसँगै आज लगानीकर्ताहरुले खुशीयाली मनाएका छन् ।  

Advertisement

Advertisement