सगरमाथाको क्याम्प-२ सम्मको बाटो निर्माण गर्न आइसफल डाक्टरको टोली नाम्चेबाट प्रस्थान

Advertisement

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माणका लागि नाम्चेबाट प्रस्थान गरेका छन् । 

आज सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माणका लागि आइसफल डाक्टरको टिम नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । 

Advertisement

आइसफल डाक्टरको टोलीले वसन्त ऋतृ २०२४ को आरोहण सिजनमा सगरमाथा, ल्होत्से र माउन्ट नुप्तसे आरोहण गर्ने आरोहीहरूका लागि खुम्बु आइसफल रुट निर्माण र मर्मत गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले जानकारी दिए । 

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार हाम्रा आइसफल डाक्टरहरूले फोर्ट्सेस्थित खुम्बु क्लाइम्बिङ सेन्टरमा एकदिने तालिम सत्र र मार्ग निर्माण हुनु अघि एभरेष्ट बेस क्याम्पमा एक हप्ता लामो प्रशिक्षणमा भाग लिनेछन् । आइसफलका डाक्टरहरूले प्रख्यात पर्वतारोही कोनराड एन्कर र केसीसीका प्रशिक्षकहरूबाट तालिम लिनेछन् ।

टोलीमा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आठ आइसफल डाक्टरहरू आङ सार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्बा छिरिङ शेर्पा, ङ्गिमा तेन्जी शेर्पा, नगावाङ चिम्मी शेर्पा, दावा छिरी शेर्पा, दावा जाङ्बु शेर्पा र मिङ्मा शेर्पा छन् रहेका छन् । दुई किचेन स्टाफहरु नगावाङ थान्टेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा, र एक जना फोहोर व्यवस्थापनका यमबहादुर लामा रहेका छन् । 

उक्त टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण चैत १ गते पूजापछि सुरु गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । 

Advertisement

Advertisement