सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने, कहाँ र कति बजे ?

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओका लागि १० लाख १२ हजार ३ सय ८४ जनाको आवेदन परेको छ । क्यापिटलका अनुसार १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपियाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको हो । 

Advertisement

कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि फागुन १३ गतेदेखि १६ गतेसम्म कूल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्काशन खुला गरेको थियो । 

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको शेसेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 

उद्योगले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता रु. ३६०.९० रुपियाँमा आईपीओ बिक्री गर्न लागेको हो । लगानीकर्ताहरुले कम्पनीमा ५० कित्ता आईपीओ भर्नु पर्ने व्यवस्था थियो । उक्त आईपीओ ५५ हजार ५ सय २१ जनाले पाउने छन् । 

आईपीओ बाँडफाँटपछि लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.sarbottamcement.com/ ​ http://www.himalayanre.com/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

Advertisement

Advertisement