सिङ्गापुरले कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्याउदै, अझै बढाइने

Advertisement

सिङ्गापुर । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका छन् । 

उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने पनि बताएका छन् । 

Advertisement

सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए । कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो । रासस–सिन्ह्वा 

Advertisement