मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी

Advertisement

काठमाडौं । भारतको मुम्बईमा जारी विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । 

सोमबार भएको प्रतिस्पर्धामा उत्कृष्ट १० मा छानिएर उनले आफ्नो बलियो दावेदारी प्रस्तुत गरेकी गरेकी हुन् । उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन् ।

Advertisement

मिस वर्ल्डको यस ७१ संस्करणको फिनाले यही आउँदो मार्च ९ हुँदैछ । 

Advertisement

Advertisement