सिंगटी हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयरमा आजसम्म (फागुन २२) मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

Advertisement

सीडीएसीका अनुसार फागुन २० गते साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद शेयरमा ६७ हजार १५५ जनाबाट २५ लाख ४ हजार ८९९ कित्ता हकप्रद शेयरका लागि मात्र आवेदन परेको छ । यो कुल निष्कासनको १७.२७ प्रतिशत हो ।

हकप्रद निष्कासनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम शेयरधनीले सो हकप्रद शेयरमा यही फागुन २२ गते अर्थात् भोलिसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ्ग दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

Advertisement

Advertisement