महाशिवरात्रि स्पेसल : काठमाडौंका यी स्थानमा माछामासु तथा मदिरा निषेध

Advertisement

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिको चार किल्लाभित्र माछामासु, मदिरा तथा नसालु पदार्थ बेच्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्रि पर्वलाई मर्यादित र व्यवस्थित बनाउन तथा पाशुपत क्षेत्रको सुरक्षालगायत धार्मिक तथा सांस्कृति मर्यादा कायम राख्न भन्दै यी पदार्थ उत्पादन तथा बेचबिचखन गर्न नपाइने जनाएको छ । 

Advertisement

बेचबिखन तथा उत्पादन गरेमा प्रचलित कानुनबमोजित कारबाहीसमेत हुने कार्यालयले जनाएको छ । 

यो नियम भोलि अर्थात् फागुन २३ गतेदेखि लागू हुनेछ । 

कहाँदेखि कहाँसम्म निषेध ?

गौशला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्वी सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भाग । 

undefined

Advertisement

Advertisement