सोनापुर मिनरल्सको ‘लक इन’ अवधि चैत २३ मा सकिँदै

Advertisement

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण सेयरको ‘लक इन’ अवधि चैत २३ मा सकिँदैछ ।

‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । समूहिक लगानी कोषले ४ लाख २ हजार १९ कित्ता सेयर होल्ड गरेका छन् । 

Advertisement

यो शेयर चैत २३ गतेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । यस कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

Advertisement

Advertisement