साइन रेसुंगा, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

Advertisement

काठमाडौं । तीन कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गराएका छन् । बोनस शेयर जम्मा गर्नेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्स रहेका छन् । 

सइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २३ मा १५ औं वार्षिक साधारणसभा बसेको थियो । सो सभाले पारित गरेको १०.५० प्रतिशत बोनस शेयर मंसिर १० गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।

Advertisement

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा भने आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर हितग्राही खातामा जम्मा गराइने बैंकले बताएको छ । 

त्यसैगरी, सिटिजन लाइफको माघ २४ मा सम्पन्न सातौं वार्षिक साधारणसभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर पुस २८ गतेसम्म कायम शेयरधनीको हितग्राही डिम्याट खातामा जम्मा गरिएको जनाएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले पनि पुस १३ गते सम्पन्न ७५औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर मंसिर २७ गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ ।

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बोनस शेयर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement