टी–२० आई सिरिजः आज नेपाल र नेदरल्यान्ड्सबीच फाइनल खेल हुँदै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालमा जारी खेलमा आज फाइनल खेल हुँदैछ । नामिबिया, नेपाल र नेदरल्याण्ड सम्मिलित श्रृंखलामा आज फाइनल खेल हुन लागेको हो । 

फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजेबाट कीर्तिपुरमा सुरु हुनेछ । 

Advertisement

चर वटा खेल खेल्दा नेपालले दुई, नेदरल्यान्ड्सले २ र नामिबियाले १ मा जित निकालेका छन् । त्यस्तै नेदरल्यान्ड्स र नामिबियाबीचको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएसँगै दुवै टोलीले समान १÷१ अंक बाँडेका थिए । 

नेपालले एक खेल नामिबिया र एक खेल नेदरल्यान्ड्ससँग जितेको हो भने समान १÷१ खेल दुवै टोलीसँग पराजय व्यहोरेको हो ।

Advertisement

Advertisement