अपर हेवाखोला हाइड्रोको साधारणसभा चैत्र १६ मा,  बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको १२औं वार्षिक साधारणसभा चैत्र १६ गते बस्दैछ । सभा शुक्रबार, युनियन हाउस, अनामनगर–काठमाठौंमा बिहान ११ बजेदेखि बस्नेछ । 

सभाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि सभाले तोक्नेछ ।

Advertisement

त्यस्तै, सभाले सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । 

Advertisement