सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आजै २ हजार बढ्यो

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । प्रतितोला २ हजार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । त्यस्तै चाँदी प्रतितोला ३५ रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

यसअघि गत पुस १२ गते सुनको मूल्य १ लाख २२ हजारसम्म पुगेको थियो । मूल्य घटबढ हुने क्रममा फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपियाँसम्म झरेको थियो । 

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ४ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement